भारतविरुद्धको टी-ट्वेन्टी श्रृंखलामा हारबाट जोगियो इंग्ल्याण्ड
काठमाडौं । इंग्ल्याण्डले पाँच खेलको टी-ट्वेन्टी श्रृंखलामा सम्भावना जीवित राखेको छ । लगातार दुई खेल गुमाएको इंग्ल्याण्डले तेस्रो टी-ट्वेन्टीमा भारतलाई २६ रनले हराउँदै सम्भावना जीवित राखेको हो ।
राजकोटमा दमदार बलिङ प्रदर्शन गर्दै इंग्ल्याण्डले भारतको एकलौटी कब्जामा अल्पविराम लगाएको हो । सुरुवाती दुई खेल गुमाइसकेकाले हारबाट जोगिन इंग्ल्याण्डलाई तेस्रो टी-ट्वेन्टी जित्नै पर्ने दबाब थियो । नभए दुई खेल अगावै श्रृंखला भारतको पोल्टामा पर्ने थियो ।
इंग्ल्याण्डलाई जिताउन बेन डकेटले २८ बलमा ५१ रनको पारी खेले भने लियाम लिभिङ्गस्टोनले २१ बलमा पाँच छक्काको मद्दतले ४३ रन बनाए । जोस बट्लरले २२ बल खर्र्चिएर २४ रन जोडेसँगै इंग्ल्याण्डले भारतसामु १७२ रनको चुनौति पेश गरेको थियो । जहाँ अदिल रसिद र मार्क उड समान १०-१० रनमा अविजित रहे ।
टस जितेर सुरु फिल्डिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १४५ रन मात्रै बनाउन सक्यो । उसका लागि हार्दिक पाण्ड्याले ४०, अभिषेक शर्माले २४, तिलक वर्माले १८, अक्सर पेटलले १५ र सूर्यकुमार यादवले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ वरुन चौधरी एक्लैले पाँच विकेट लिंदा हार्दिक पाण्ड्याले अलराउण्ड प्रदर्शन गर्ने क्रममा २ विकेट हात पारे । अक्सर पटेल र रवि विश्नोइले एक–एक विकेट लिए । यी दुई बीचको चौथो टी–ट्वेन्टी शुक्रबार पुनेमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण