अन्तरिक्षमा फसेकी सुनितालाई फर्काउन ट्रम्पले मागे मस्कको मद्दत
वासिङ्टन डीसी । महिनौँदेखि अन्तरिक्षमा फसेकी अमेरिकी अन्तरिक्षयात्री सुनिता विलियम्स र उनेको सहयात्री बुच विलमोरलाई पृथ्वीमा फर्काउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कको मद्दत मागेका छन् । आफूसँग ट्रम्पले सुनिता र विल्मोरलाई छिट्टै फर्काउन आग्रह गरेको मस्कले बताएका छन् ।
पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले दुई जनालाई यति लामो समयसम्म अन्तरिक्ष स्टेशनमा छोड्नु भयानक भएको सामाजिक सञ्जालमा एउटा पोस्टमा मस्कले भनेका छन् । नासाले महिनौंअघि नै स्पेसएक्सलाई यी दुबैलाई फिर्ता ल्याउन आग्रह गरिसकेको भन्दै दुवैलाई सकेसम्म चाँडो घर फर्काउने पनि मस्कले बताए । सुनिता र विलमोर अन्तरिक्षमा अलपत्र नपरेको, उनीहरू स्वस्थ रहेको अनि दुवैको मनोबल पनि उच्च रहेको भन्ने कुरामा नासा अडिग छ ।
सुनिता र विलमोर २०२४ को जुनको शुरुतिर ८ दिनका लागि मात्रै भनेर बोइङको स्टारलाइनर अन्तरिक्षयान चढेर अन्तरिक्ष स्टेशन गएका थिए । तर जाने क्रममै यानमा केही समस्याहरू आए ।
महिनौंसम्म पनि समस्या समाधान नभएपछि स्टारलाइनर रित्तै धर्तीमा आयो त्यसपछि, नासाले स्पेसएक्सलाई ती दुवैलाई फिर्ता ल्याउन भनेको थियो । यी दुबैलाई छिटै नै स्पेशएक्सको ‘फ्रीडम’ नामक क्याप्सुलबाट अन्तरिक्षबाट फिर्ता ल्याइने मस्कले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण