अछाम घटना : ईश्वरा र सरस्वतीको हत्याबारे अनुसन्धान गर्न सीआईबीको टोली घटनास्थलमा
काठमाडौँ । अछामको ढकारी गाउँपालिका–१ स्थित जंगलमा मृत्यु भेटिएका १५ वर्षीय ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्काको हत्या भएको आशंका गरिएको छ । उनीहरू माघ १२ मा मृत भेटिएका हुन् ।
हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । सीआईबीको इन्स्पेक्टर नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् ।
घटना अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट पनि छुट्टाछुट्टै टिम परिचालन गरिएको छ । हत्यामा संलग्न आशंकामा दुईजनालाई पक्राउ गरिएको अछामका डीएसपी ईश्वरी भण्डारीले रातोपाटीलाई बताए । पक्राउ परेकाहरू २० वर्षभन्दा कम उमेरको भएको हुनाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन । उनीहरुविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
शुक्रबार जंगलमा बाख्रा चराउन गएका उनीहरू शनिबार मृत भेटिएका थिए । सरस्वती कमलबजार नगरपालिकामा रहेको स्याउले खान माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्थिन् ।
दुवै जनाको टाउकोमा चोट देखिएको छ । भेरी अस्पतालमा पोष्टमार्टम पछि परिवारले शव बुझेका छन् । किशोरीहरुको भजाइनल स्वाब, रगत र भिसेरा परीक्षणको लागी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको डीएसपी भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण