राजधानीमै विमान दुर्घटना भएपछि ट्रम्पले उठाए प्रश्न
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आकाशमा अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर दुर्घटना भएको मामिलामाथि प्रश्न उठाएका छन् । ह्वाइट हाउसबाट ५ किमी पर उक्त विमान दुर्घटना भएको थियो ।
यस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले यस दुर्घटनाको बारेमा गम्भीर प्रश्न उठाएका छन् । उनले दुर्घटना हुँदा हेलिकप्टरका पाइलटले किन रुट परिवर्तन गरेनन् र कन्ट्रोल टावरले हेलिकप्टरलाई विमानको अवस्थाको बारेमा किन जानकारी दिएनन् भन्ने प्रश्न गरेका छन् । दुर्घटनाको समयमा विमानमा ६० जना यात्री र ४ जना क्रु मेम्बर थिए ।
‘विमान विमानस्थलमा जाँदै थियो । हेलिकप्टर धेरै समयसम्म सिधै विमान भएतिर गइरहेको थियो । रात सफा नै थियो । विमानका बत्तीहरू पनि चम्किरहेका थिए । तैपनि हेलिकप्टर किन मोडिएन ? माथि र तल किन सरेन ?,’ सामाजिक सञ्जालमा एउटा पोष्टमा प्रश्न गर्दै ट्रम्पले लेखेका छन्,‘कन्ट्रोल टावरले विमान देखिसकेको थियो भने हेलिकप्टर चालक दललाई के गर्ने भनेर किन भनेनन् ? यो नराम्रो अवस्था हो । यस्तो हुनबाट रोकिनु पथ्र्याे । यो ठीक होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण