च्याम्पियन्स ट्रफीबाट बाहिरिए मिचेल मार्स
काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली अलराउन्डर मिचेल मार्सले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण खेल्न नसक्ने भएका छन् । च्याम्पियन्स ट्रफीको संघारमै उनी घाइते हुन पुगेका छन् ।
पिठ्यूँको चोटका कारण उनी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको समाचारमा जनाइएको छ । ३३ वर्षीय मिचेल मार्स घाइते हुने अस्ट्रेलियाका लागि ठुलै चिन्ताको विषय हो । सम्भवतः उनी सन् २०२५ अवधिभर मैदानबाट टाढा रहने छन् ।
मिचेल मार्सले इन्डियन प्रिमियर लिग (आईपीएल) समेत खेल्न नसक्ने समाचारमा जनाइएको छ । आईपीएलमा उनी लखनउ सुपर जायन्ट्समा आबद्ध छन् ।
आईसीसी च्याम्पियन्स ट्रफीको आगामी संस्करणमा एउटा पुरानो परम्पराले निरन्तरता नपाउने भएको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । प्रतियोगिता फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण