इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, दक्षिण अफ्रिकासँग उपाधि भिडन्त
काठमाडौँ । इङ्ल्यान्डलाई हराउँदै भारतीय टोली मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले शुक्रबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो ।
अब भारतले आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकासँग उपाधिका लागि भिडन्त गर्नेछ । दक्षिण अफ्रिका भने शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा बलियो अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनल खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने १५ ओभरमै केवल एक विकेट गुमाएर एक सय १७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
भारतको जितमा जी. कमलिनीले अर्धशतकीय पाली खेलिन् । उनले अविजित ५६ रन बनाइन् । यस क्रममा उनले ५० बलको सामना गरी आठ चौका पनि हिर्काइन् । अर्की ओपनर गोंगाडी तृषाले पनि ३५ रनको योगदान गरिन् । तृषाले २९ बलमा पाँच चौका प्रहार गरिन् ।
सनिका चाल्क ११ रनमा अविजित रहिन् । उनले १२ बलमा एक चौका प्रहार गरिन् । भारतले अतिरिक्त रूपमा पनि १५ रन पायो । त्यसअघि, इङ्ल्यान्डका लागि ओपनर डाभिना पेरिनले ४५ रन बनाएकी थिइन् । उनले ४० बलमा दुई छक्का र ६ चौका हिर्काइन् ।
चौथो नम्बरकी ब्याटर एबी नरग्रोभ ३० रन बटुलिन् । टोलीकी कप्तान समेत रहेकी उनले २५ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । अमु सुरेनकुमारले अविजित १४ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका बलर पुर्णिका सिसोडिया र वैष्णवी शर्माले तीन–तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण