प्रधानमन्त्री ओलीलाई हितराजको जवाफ– जनमुक्ति सेनाको योगदानलाई अवमूल्यन नगर्नोस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५० को दशकलाई हिंसाको दशक भनेकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जवाफ फर्काएका छन् । शक्रुबार संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ५० को दशक हिंसाको दशक मान्न सकिएला तर ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्नेमा जोड दिएका थिए ।
ओलीको जवाफ फर्काउँदै पाण्डेले भने,‘प्रधानमन्त्रीले ५० को दशकको कुरा गर्नुभयो । जनमुक्ति सेनाले काँधमा बन्दुक बोकेर गणतन्त्र ल्याउन सफल भएको हो । त्यसको अवमूल्यन गर्न मिल्दैन । माओवादी जनयुद्धकै जगमा नेपालमा संघीय गणतन्त्र स्थापना भएको हो ।’
आफ्नो पार्टीले रचनात्मक ढंगले प्रतिपक्षमा बसेर गुण र दोषको आधारमा सरकारको विरोध र समर्थन गर्ने उनले बताए । पाण्डेले सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविकाको सवालमा राम्रो काम गर्न नसकेको आरोप लगाए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा पनि सरकारले चासो नदिएको उनले बताए । यस्तै संविधान संशोधनको कुरा ल्याएर कता हरायो भन्दै सरकारमाथि प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण