ट्रम्पले फेरि दिए ब्रिक्स देशहरूलाई चेतावनी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिक्स देशहरूलाई अमेरिकी डलर बाहेक अन्य कुनै पनि मुद्रा अपनाएमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। ब्रिक्स देशहरूले अर्को मुद्रा अपनाए भने अमेरिकाले उनीहरूको साथ छोड्ने ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।
ट्रम्पले लेखेका छन्,‘ब्रिक्स देशहरू डलरबाट टाढा जान खोजिरहेका छन् । उभिएर हेर्दा, यो सकिसकेको हामी देख्छौँ । हामीलाई यी शत्रुतापूर्ण देशहरूबाट यो प्रतिबद्धता चाहिएको छ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलर बाहेक अन्य कुनै मुद्रालाई समर्थन नै गर्नेछन्, अन्यथा उनीहरूले १०० भन्सार शुल्कको सामना गर्नुपर्नेछ ।’ अमेरिकी अर्थतन्त्रलाई नयाँ मुद्रा बेच्ने आशा नगर्न र अर्को मूर्ख देश खोज्न पनि उनले भनेका छन् ।
ब्रिक्सको मुद्राले अन्तर्राष्ट्रिय व्यापार वा अन्य कुनै पनि ठाउँमा अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने कुनै सम्भावना नभएको पनि उनले बताए । यसो गर्ने प्रयास गर्ने कुनै पनि देशले शुल्कलाई नमस्कार गर्नुपर्ने र अमेरिकालाई बिदाइ गर्नुपर्ने ट्रम्पको भनाई छ । ट्रम्पले यसअघि पनि ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समेतका यो समूहलाई यस्तो चेतावनी दिइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण