कलम, मसी र अक्षर
जहाँ कलमका बिन्दुहरूले
ठुला-ठुला शब्दमालाकाे रचना गरेका छन्
तिनै शब्दका लहरहरूबाटै
गुञ्जायस भइरहेछ परिवर्तनका आवाज
आज त्यही दिन हो ?
अक्षरबाट शब्द अनि शब्दबाट वाक्य बनाउन
अक्षर चिनाउने दिन ।
अक्षर केवल कखराको संयोग मात्र होइन
यो त समाज विज्ञानको खाँका कोर्ने
सुनौलो आयाम हो
जहाँ अक्षरहरूले बोलिरहेका छन्
पुस्ताहरू फेरिएलान्, समय बदलिएला
तर अक्षरको उज्यालो निभ्ने छैन
यो जुनकिरीको उज्यालो झैँ
अनकन्टार रातमा पनि चम्किरहनेछ ।
अक्षरका वेगमा निर्माण भएको शब्द
शब्दका पङ्क्तिहरू सजिएर
निर्माण भएको गर्भिलाे वाक्यहरूले भन्दै छ
अक्षर चिन्नु सिकाइको पहिलो पाइला
आकाश छुने रहरको जग हो
त्यही जगमा उभिएको
ज्ञानबाट खारिएको धारले
इतिहास कोर्न सक्छ ?
अनि बदलिन्छ समाज, देश र दुनियाँ ।
अक्षरहरू केवल चिन्ह मात्र होइनन्
यो समयको प्रतिविम्ब हो
जसले पुस्ताै पुस्ताको इतिहास बोकेर
आफूलाई बेजोडको अक्षरमा चिनाइरहेछ
कलम समातेपछि हातले डर मान्दैन
केवल ज्ञानको आँधी सिर्जना हुन्छ
जहाँ कलम चल्छ, त्यहाँ संसार बदलिन्छ
शब्दहरू चिच्याएर भन्छन्
हामी !
शिखर चुम्न निस्किएका हौँ ।
अक्षरमा मान्छेको खोजी गर्ने
अनौठो अठोटका साथ
परिवर्तनका ध्वनिहरूले
साथ खोजिरहेको वेला
युगिन मिलनको संयोग हो
कलम, मसी र अक्षर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण