३५ लाख खर्चेर सुदूरपश्चिम सरकारले आयोजना कृषि तथा पशुपन्छी मेला गर्दै
धनगढी । धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला आयोजना हुने भएको छ । सुदूरपश्चिम सरकारको आयोजनामा पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी हुने भएको हो ।
प्रदेशको ९ वटै जिल्लाका कृषकहरूको सहभागितामा माघ २६ देखि ३० गतेसम्म कृषि तथा पशुपन्छी प्रदर्शनी हुने भएको हो ।
कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक खगेन्द्र प्रसाद शर्माका अनुसार मेलामा कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ । प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्ने उद्देश्यका साथ निर्देशक शर्माको भनाइ । प्रदेश सरकारको ३५ लाख बजेटमा आयोजना हुने मेलामा १५० वटा निःशुल्क स्टलको व्यवस्था रहने भएको छ ।
मेलामा ९ वटै जिल्लामा उत्पादित रैथाने तथा स्थानीय कृषि, पशुपन्छी र मत्स्यजन्य बाली र वस्तुहरूको प्रदर्शन हुने भएको छ । साथै मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने छ । यसैबिच कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धानबारे बहस र छलफल समेत गरिने कृषि विकास निर्देशनालयले जनाएको छ ।
मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने विश्वास लिइएको छ ।
यसैबिच कैलाली र कञ्चनपुर जिल्लामा बङ्गुरमा देखिएको स्वाइन फिभर रोगलाई महत्वको साथ हेरिएको छ । पशुपन्छीबाट रोग फैलिन नदिन मेलामा ल्याइने त्यस्ता पशुपन्छीको जाँच पहिले नै गर्ने बताइएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी प्रमुख डाक्टर हेमराज अवस्थाले ल्याउनु पूर्व त्यस्ता पशुपन्छीहरूलाई टे«सिङ पनि गर्ने बताए । यद्यपि बङ्गुर पालक कृषकले आफ्नो उत्पादन मेलामा प्रदर्शन गर्नको लागि सम्पर्क नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण