क्यानडाले बदला लिए थप कर लगाइनेछ : राष्ट्रपति ट्रम्प
वासिङटन डीसी । अमेरिकी सामानमा कर लगायो भने आफूले क्यानडामाथि थप कर लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । फेब्रुअरी १ देखि लागू हुनेगरी ट्रम्पले क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाएका थिए । यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
‘यदि क्यानडाले अमेरिकाले लगाएको करको बदला लियो भने, क्यानडामा थप कर लगाइनेछ,’ फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन् । अमेरिकाका उत्तरी छिमेकीहरूले लामो समयदेखि अमेरिकाको अपमान गर्दै आएको पनि उनले बताए ।
ट्रम्पले भनेका छन्, ‘म क्यानडाका जनतालाई माया गर्छु । म क्यानडाका नेताहरूसँग सहमत छैन, र त्यहाँ केही हुनेवाला छ ।’ उनीहरू खेल खेल्न चाहन्छन् भने आफूलाई यसमा कुनै समस्या नभएको र आफूहरू पनि उनीहरूले खेल्न चाहेको जस्तोसुकै खेलको लागि तयार रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण