थारु विवाह : जहाँ लगिन्छ कोसेलीमा ‘रक्सीसहितको पहुरा’
धनगढी । यतिबेला विवाहको सिजन छ । विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ–आफ्नै संस्कार र चलन छ ।
पश्चिम नेपालको थारु बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ । थारु समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट हुन्छ ।
दुई दिनदेखि तीन दिनसम्म चल्ने विवाहमा भोज खान जान लगिने पहुरा (कोसेली) दिने चलन पनि निकै रोचक छ ।
विवाहमा निमन्त्रणा पाएकाहरू दुलही वा दुलहाको घरमा कोसेली स्वरूप ढकिया वा छिटुवामा दुई माना चामल, तरकारीसँगै सुगनको रूपमा एक बोतल रक्सी लैजाने प्रचलन छ ।
कैलालीको गौरीगंगा नगरपालिका १० भगतपुरकी बिसरी कुमारी चौधरीले विवाहको निमन्त्रणा आएपछि आफूले हरेक विवाहमा कोसेली स्वरूप ढकियामा चामल, तरकारी र आफै उत्पादित रक्सीसहितको पहुरा लिएर जाने गरेको सुनाइन् ।
छिमेकीको विवाहमा जाँदै गरेकी उनले भनिन्, ‘खाली हात जानु हुन्न भन्ने मान्यता छ । केही न केही लैजानुपर्छ । पहिलेदेखि चल्दैआएको चलनअनुसार रक्सीसहितको पहुरा लिएर जाँदैछु ।’
कैलारी गाउँपालिका ६ की चुल्हिया देवी थरुनीले विवाहमा भोज खुवाउनु पर्दा ढामा (खर्च) लाग्ने गरेको सुनाइन् । थारु विवाहमा मासु, भात, तरकारीसँगै रक्सी अनिवार्य दिइन्छ । सोही अनुसार पनि विवाह घरमा केही राहत पुगोस् भनेर उहिल्यैदेखि पहुरामा रक्सी, चामल र तरकारी लिएर जाने प्रचलन रहीआएको बताइन् ।
कैलालीको होमस्टेकर्मी समेत रहेका थारु युवा दिनेश दहित थारुले पहिलेदेखि चल्दैआएको पहुरामा चामल, तरकारी र रक्सी लैजाने प्रचलन सामाजिक सहकार्यको नमूनाको प्रतीक रहेको बताउँछन् । यहि माघ पहिलो साता भाइको विवाह कार्यक्रम आयोजना गरेका उनले पहुरामा आएको सामान दैनिक जीवनमा खपत हुने र सहयोगीभावयुक्त रहेको महसुस गरेको सुनाए ।
थारु अगुवा माधव थारुले पछिल्लो समय विवाहमा लैजाने कोसेलीमा देखासिखीले विकृति आएपनि पहिलेकका पुर्खाहरुले लैजाने कोसेलीमा निकै नै मौलिकतापन, सहयोगी भावयुक्त र मितव्ययी रहने र दैनिक जीवनमा प्रयोग हुने खालको रहेको बताउँछन् ।
उनले भने, ‘समाजमा सबैको आर्थिक स्थिति एकनास हुँदैन । जुनकारण पहुरामा लगिने चामल, तरकारी र रक्सीले धेरै सहजता हुन्छ । सबै सामान खरिद गर्नुपर्ने बाध्यता हुँदैन ।’
तर पछिल्लो समय कोसेलीमा र दाइजोमा दिने बढी देखासिकी र दिने वस्तुमा विलासिताका सामान बढी हुने गरेको थारुको भनाइ छ ।
उनले अगाडि भने, ‘दुलहाको घरमा राख्ने ठाउँ हुँदैन । तर त्यो भन्दा बढी ठाउँ ओगट्ने दाइजोको सामान हुन्छ । जुन प्रयोगमा पनि आउँदैनन् । त्यो सामान दिएर के फाइदा भयो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण