मृत भेटिए रजनीकान्तको फिल्मका निर्माता
भारत । रजनीकान्तको सुपर हिट चलचित्र कबाली (तेलुगु) का निर्माता केपी चौधरी सोमबार आफ्नै घरमा मृत फेला परेका छन् । उनले आत्महत्या गरेको बताइएको छ ।
रिपोर्टका अनुसार उनी आर्थिक समस्याबाट गुज्रिरहेका थिए । उनी उत्तरी गोवामा भाडाको घरमा बस्थे । त्यहाँ नै उनी मृत फेला परेका हुन् । प्रहरीले यस विषयमा जाँच सुरु गरेको छ ।
केपी चौधरीको पूरा नाम कृष्णा प्रसाद चौधरी हो । सन् २०२३ मा लागु औषध मामिलामा उनी पक्राउ परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए ।
तर, यसपछि उनको अधोगति सुरु भयो । नयाँ सुरुवात गर्ने आशाका साथ उनी गोवा बसाइ सरे । उनी विगत ६–७ महिनादेखि त्यहाँ बस्दै आएका थिए ।
प्रहरीका अनुसार सोमबार बिहान उनका साथीले उनलाई सम्पर्क गर्ने प्रयास गरेका थिए । तर, उनले फोन उठाएनन् । त्यसपछि साथीले घरको मालिकलाई सम्पर्क गरेका थिए । जब घर मालिक चौधरीलाई भेट्न पुगे, त्यहाँ उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।
रजनीकान्तको चलचित्र कबाली २२ जुलाई, २०१६ मा रिलिज भएको थियो । चलचित्रले विश्वभर ६५० करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रको मूल भाषा तमिल थियो । यसको तेलुगु भर्सनलाई चौधरीले निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण