मृत भेटिए रजनीकान्तको फिल्मका निर्माता

भारत । रजनीकान्तको सुपर हिट चलचित्र कबाली (तेलुगु) का निर्माता केपी चौधरी सोमबार आफ्नै घरमा मृत फेला परेका छन् । उनले आत्महत्या गरेको बताइएको छ ।
रिपोर्टका अनुसार उनी आर्थिक समस्याबाट गुज्रिरहेका थिए । उनी उत्तरी गोवामा भाडाको घरमा बस्थे । त्यहाँ नै उनी मृत फेला परेका हुन् । प्रहरीले यस विषयमा जाँच सुरु गरेको छ ।
केपी चौधरीको पूरा नाम कृष्णा प्रसाद चौधरी हो । सन् २०२३ मा लागु औषध मामिलामा उनी पक्राउ परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए ।
तर, यसपछि उनको अधोगति सुरु भयो । नयाँ सुरुवात गर्ने आशाका साथ उनी गोवा बसाइ सरे । उनी विगत ६–७ महिनादेखि त्यहाँ बस्दै आएका थिए ।
प्रहरीका अनुसार सोमबार बिहान उनका साथीले उनलाई सम्पर्क गर्ने प्रयास गरेका थिए । तर, उनले फोन उठाएनन् । त्यसपछि साथीले घरको मालिकलाई सम्पर्क गरेका थिए । जब घर मालिक चौधरीलाई भेट्न पुगे, त्यहाँ उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।
रजनीकान्तको चलचित्र कबाली २२ जुलाई, २०१६ मा रिलिज भएको थियो । चलचित्रले विश्वभर ६५० करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रको मूल भाषा तमिल थियो । यसको तेलुगु भर्सनलाई चौधरीले निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगकाे फाइनलमा पुग्यो पोर्चुगल
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री