अण्डा बोकेको दुर्घटनाग्रस्त ट्रकको भिडियोलाई सामाजिक सञ्जालमा उडाइयो मजाक
अमेरिका । अमेरिकाको क्यालिफोर्नियाको सडकमा अण्डाले भरिएको ट्रक पल्टिँदा मानिसहरूले भने सामाजिक सञ्जालमार्फत मजाक उडाएका छन् ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। किराना सामान बोकेको दुर्घटनाग्रस्त ट्रकभित्र सयौं अण्डा फुटेका छन् । तर, इन्टरनेटमा भने दुर्घटनाबारे धेरैले ठट्टा गरेका छन् ।
अमेरिकामा अण्डाको मूल्य निकै बढेकाका कारण दुर्घटना भएको ट्रकलाई मानिसहरूले यसको उच्च मूल्यप्रति मजाक गरेका हुन् । दुर्घटनापछि ट्राफिक नियन्त्रण गर्न अधिकारीहरू हम्मे हम्मे परेको थियो।
अण्डरपासका कारण ट्रकको माथिल्लो भाग फुटेको तस्वीरमा देखिएको छ । जसका कारण अण्डाले भरिएको बाकस सडकमा खसेको थियो ।
इन्टरनेट प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा कमेन्ट गर्दै ुमिलियन डलर दुर्घटनाु लेखेका छन् । धेरैजसोले त 'नफुटेको भए उठाउँछु' लेखेका छन् ।
अमेरिकामा बर्ड फ्लु प्रकोपका कारण हालै अण्डाको मूल्यमा भारी वृद्धि गरिएको छ । अण्डाको आपूर्ति पनि घटेको छ । जसलाई त्यहाँका नागरिकले विरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण