अण्डा बोकेको दुर्घटनाग्रस्त ट्रकको भिडियोलाई सामाजिक सञ्जालमा उडाइयो मजाक

अमेरिका । अमेरिकाको क्यालिफोर्नियाको सडकमा अण्डाले भरिएको ट्रक पल्टिँदा मानिसहरूले भने सामाजिक सञ्जालमार्फत मजाक उडाएका छन् ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। किराना सामान बोकेको दुर्घटनाग्रस्त ट्रकभित्र सयौं अण्डा फुटेका छन् । तर, इन्टरनेटमा भने दुर्घटनाबारे धेरैले ठट्टा गरेका छन् ।
अमेरिकामा अण्डाको मूल्य निकै बढेकाका कारण दुर्घटना भएको ट्रकलाई मानिसहरूले यसको उच्च मूल्यप्रति मजाक गरेका हुन् । दुर्घटनापछि ट्राफिक नियन्त्रण गर्न अधिकारीहरू हम्मे हम्मे परेको थियो।
अण्डरपासका कारण ट्रकको माथिल्लो भाग फुटेको तस्वीरमा देखिएको छ । जसका कारण अण्डाले भरिएको बाकस सडकमा खसेको थियो ।
इन्टरनेट प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा कमेन्ट गर्दै ुमिलियन डलर दुर्घटनाु लेखेका छन् । धेरैजसोले त 'नफुटेको भए उठाउँछु' लेखेका छन् ।
अमेरिकामा बर्ड फ्लु प्रकोपका कारण हालै अण्डाको मूल्यमा भारी वृद्धि गरिएको छ । अण्डाको आपूर्ति पनि घटेको छ । जसलाई त्यहाँका नागरिकले विरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले पनि प्यालेस्टिनी कैदीहरू रिहा गर्यो
-
क्यानले माग्यो मुख्य प्रशिक्षकका लागि आवेदन
-
अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै
-
नि:शुल्क र गुणस्तरीय शिक्षाको प्रबन्ध राज्यले कार्यान्वयन गर्नुपर्छ : नैनसिंह महर
-
नाटक ‘अनि देवराली रुन्छ’को कथा : यसलाई कसैले फिल्म नबनाओस्...
-
अहिले नै सरकारबाट लोसपा बाहिरिने अवस्था बनिसकेको छैन : शुक्ला