दुई थान भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली पक्राउ
मङ्गलबार, २२ माघ २०८१, २० : ४१
धनगढी । सुदूरपश्चिम प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट मंगलबार भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् ।
भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।
उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण