काठमाडौँमा आगामी शनिबार ‘इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता’ हुने
काठमाडौँ । काठमाडौँमा आगामी शनिबार ‘इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता’ हुने भएको छ । ज्ञान संस्कार इन्टरनेशनल स्कुलको आयोजना र राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको सहकार्यमा आगामी शनिबार दोस्रो ज्ञान संस्कार इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता हुन लागेको हो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत ज्ञान संस्कार इन्टरनेशनल स्कुलकी प्रधानाध्यापक निलम बानिया बडूले प्रतियोगितामा नेपालभरिका विभिन्न विद्यालयबाट २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहने बताइन् । उनले प्रतियोगिताले विद्यालय स्तरमा सञ्चालन हुने स्केटिङलाई विशेष उत्साह जगाउने विश्वास व्यक्त गरिन् ।
युवाहरू माझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेल आधिकारिक रूपमा नै विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनोस् भन्ने आफूहरूको मनसाय रहेको उनले बताइन् ।
“प्रतियोगिताले विद्यालय स्तरमा सञ्चालन हुने स्केटिङलाई विशेष उत्साह जगाउने कुरामा हामी विश्वस्त छौँ ।”, पत्रकार सम्मेलनमा बडूले भनिन्, “युवाहरू माझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेल आधिकारिक रूपमा नै विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनोस् भन्ने हाम्रो मनसाय रहेको छ । हामी यसका लागि सधैँ तयार छौँ ।”
राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका महासचिव सत्य थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने बताए । प्रतियोगितामा देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहोस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए ।
आगामी शनिबार हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ उद्घाटन गर्ने कार्य तालिका रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाण पत्र तथा द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाण पत्र र मेडल उपलब्ध गराइने छ । यस्तै, प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको प्रमाण पत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण