फिल्म ‘ममी’ बारे प्रिमिएरमा कसले के भने ?
काठमाडौंँ । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ममी’ को रेडकार्पेट प्रिमियर गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा भएको प्रिमिएरमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानलगायत फिल्मकर्मी र रंग पत्रकारको उपस्थिति थियो ।

प्रिमिएरमा फिल्म राम्रो लागेको सबैले प्रतिक्रिया दिए । अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारतीको मुख्य भूमिका रहेको फिल्म फ्यामिली हरर जनरामा निर्माण भएको हो ।
प्रिमियरमा आकाशे नीलो पोशाकमा रगत लतपतिएको पहिरन किशोरीहरूले प्रस्तुत गरेका थिए । अभिनेत्री मास्के पोतेसहित सेतोकालो पहिरनमा प्रस्तुत थिइन् । प्रियंका भने कालो स्लिभलेस पहिरनमा उपस्थित थिइन् । प्रियंकासँगै उनकी आमा पनि प्रिमियर शो मा उपस्थित थिइन् ।

अभिनेत्री तथा निर्देशक दीपात्री निरौलाले प्रिमियर शोपछि मिडियासँग प्रतिक्रिया दिँदै विषयवस्तु अनुसार उत्कृष्ट फिल्म बनेको बताइन् । धेरैपछि नेपालमा एउटा उत्कृष्ट फ्यामिली हरर फिल्म हेर्न पाएकाले सुन्तुष्टी मिलेको उनले बताइन् । अभिनेत्री केकी अधिकारीले पनि फिल्म राम्रो बनेको भन्दै समर निरौला जस्ता नयाँ निर्माता तथा निर्देशकलाई नेपाली फिल्म क्षेत्रमा स्वागत गर्नुपर्ने बताइन् ।

अभिनेता सलोन बस्नेतले सवैलाई फिल्म हर्न आग्रह गरे । अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठले पनि ‘ममी’ ले तर्साउन र समाजमा घट्ने यस्ता घटनाको बारेमा सजग हुने सचेत गराएको बताइन् ।
अभिनेता सलिनमान बनियाँले पनि फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन छ । समरले यसै फिल्म मार्फत निर्देशनमा डेब्यू गरेका हुन् ।
फिल्मको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् । फिल्मलाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
_RyAHp8US7B.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण