उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
काठमाडौँ । काठमाडौँ उपत्यकामा ३० लाख २८ हजार ३८६ जना मानिसहरू स्थायी रूपमा बस्छन् । तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा करिब ६० लाख मानिस रहेको आकलन गरिएको छ ।
त्यस्तोमा नागरिकको सुरक्षामा खटिने प्रहरीचाहिँ निकै थोरै रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ११ हजार ७४९ जना प्रहरीको दरबन्दी छ । तीमध्ये १ हजार जनाको पदपूर्ति भएको छैन ।
काठमाडौँ उपत्यकामा १ जना प्रहरीले करिब २८५ जना नागरिकको सुरक्षा गर्ने जिम्मेवारी रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए । बिहीबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनसंख्याको तुलनामा हामीसँग प्रहरी जनशक्ति निकै थोरै छ ।’
सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउन जन्मदिनमा कार्यालयबाट ‘जन्मदिनको शुभकामना’ भनेर म्यासेज पठाउन थालिएको एसएसपी खनालले बताए । काठमाडौँका ३ वटा जिल्लामा लागु गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण