धराप बन्यो घुराहा पुल
धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाको वडा नं. ६ र वडा नं. ४ जोड्ने घुराहा नदीमा बनेको पक्की पुल धरापमा परिणत भएको छ । नदी कटानले पहुँच मार्गबाट पुल छुट्टिन गइ धरापमा परिणत भए पनि यसको मर्मतमा कसैले चासो देखाएको छैन ।
नदीले धार परिवर्तन गरेपछि पुलको पूर्वतिर कटान भइ पुलको पहुँचमार्गमा भ्वाङ परेको थियो । स्याउला, माटो हालेर कामचलाउका लागि भ्वाङ टालिए पनि पुल बग्ने जोखिम कायमै रहँदा आवातजावात गर्नेहरू दिनहुँजसो दुर्घटनामा परिरहेको स्थानीय बताउँछन् ।
कैलारी–४ कै गाउँ खल्ला टोलका अटो चालक राजकुमार सिंहले पुल मर्मत नहुँदा जोखिम कायमै रहनुका साथै ठुला सवारी साधन गुड्न छोडेको बताए । उनले दिनहुँजसो दुर्घटना हुने गरेको बताए ।
स्थानीयका अनुसार पुल निर्माण गर्ने बेला नदीको बहाव पश्चिमतिर थियो । त्यता पुल बनाउनका लागि निर्माण कम्पनीले डोजरले खनेर नदीको बहावलाई पूर्वतिर फर्काएको थियो । फर्काइएको बहावलाई पुल बनेपछि पुनः पश्चितिर नपठाउँदा समस्या निम्तिएको हो ।
कैलारी गाउँपालिका–६ खरुवाखेराका रघुनाथ चौधरीले भने, ‘नदीको पानी निरन्तर पूर्वतिरबाट बग्दै उतै धार बन्यो । पहिले नदी बग्ने ठाउँमा अहिले खरैखर र रुख छ । नदी भने पूर्वतिर गइरहेको छ ।’
कैलारी गाउँपालिकाकाका सूचना अधिकारी यगम कलेलले चालु आर्थिक वर्षमा सो पुल मर्मतका लागि प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको जानकारी दिए । यस आर्थिक वर्षमा उक्त पुलको पहुँच मार्ग मर्मत गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण