यी खेलकुदमा भाग लिन ट्रम्पले लगाए प्रतिबन्ध
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशले ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्नबाट रोक्छ ।
यो आदेशले खेलकुदमा निष्पक्षता पुनर्स्थापित गर्ने रिपब्लिकन नेताहरूले बताएका छन् । तर एलजीबीटी समर्थक र मानव अधिकार सङ्गठनहरूले यो कदमलाई भेदभावपूर्ण भनेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यसबारे जानकारी दिएका हुन् । यो अमेरिकाका केटी र महिलाका लागि ठुलो दिन भएको उनले बताए । ‘हिजो, मैले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेँ, यस कारणले गर्दा एनसीएएले आधिकारिक रूपमा आफ्नो नीति परिवर्तन गरी पुरुषहरूलाई महिला खेलकुदमा खेल्न अनुमति दिएको थियो । अब यो प्रतिबन्धित छ ।’ ट्रम्पले लेखे ।
एनसीएएको पूरा अर्थ राष्ट्रिय कलेजिएट एथलेटिक संघ हो । यसले अमेरिकामा अन्तरकलेज एथलेटिक्सलाई नियन्त्रण गर्छ । ‘पुरुषलाई महिलाहरूसँग प्रतिस्पर्धा गर्न कहिल्यै अनुमति दिइनु हुँदैनथ्यो, महिला खेलकुद बचाउने राष्ट्रपतिको रूपमा म गौरवान्वित छु ।’ उनले लेखेका छन् । अमेरिकी जनता र विश्वभर लोकप्रिय ओलम्पिक समितिले पनि सामान्य ज्ञान प्रयोग गरेर यो नीति लागू गर्ने आशा आफूले गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण