सरकारी सुविधा दुरुपयोग गरेको आरोपपछि अस्ट्रेलियाकी यातायात मन्त्रीद्वारा राजीनामा
काठमाडौँ । अस्ट्रेलियाकी यातायात मन्त्री जो हेल्यानले मन्त्री पदबाट राजीनामा दिएकी छिन्। मन्त्री जो हेल्यान फेब्रुअरी ५ मा मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
उनले गत जनवरी २५ मा हन्टर भ्यालीमा आयोजना गरिएको एक निजी पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुविधा लिएकोमा क्षमा माग्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
उनले अस्ट्रेलिया दिवसको पूर्व सन्ध्यामा आयोजित भोजमा आफु र आफ्ना आफन्तका लागि सरकारी चालक सुविधा लिएकोमा चौतर्फी आलोचना भएको थियो । उनले अस्ट्रेलियाका जनता र करदाताको अवमूल्यन गरेको आरोप समेत लाग्यो ।
मन्त्री हेल्यानले आफूले गल्ती गरेको स्वीकार गर्दै भनेकी छन्– ‘मानिस पूर्ण हुँदैनन् , मैले गल्ती गरेँ , अघिल्लो सरकारभन्दा हामीले राम्रो गर्नुछ त्यसकारण म राजीनामा दिन्छु।’ उनीमाथि आफ्ना बच्चालाई खेलकुद मैदानसम्म लैजान सरकारी चालक सुविधा लिएको पनि आरोप लागेको थियो ।
मन्त्री हेल्यानले ४४६ किलोमिटर यात्रामा सरकारी सुविधा नीजि प्रयोजनको समयमा गरेकाले ७५० डलर रकम पनि राज्यलाई तिर्ने प्रतिवद्धता जनाएकी छन् । अब उनी न्यु साउथ वेल्सको राज्य संसदमा पछिल्लो पंक्तिमा बसेर सांसदको भूमिका रहने सञ्चारमाध्याहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण