रोहित फर्ममा फर्किँदा भारतलाई शृङ्खला
कटक । भारत र इंग्ल्याण्डबिच आइतबार भएको दोस्रो एकदिवसीय खेलमा भारतले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।
कटकको बाराबती रंगशालामा खेलिएको यो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले भारतलाई ३०५ रनको लक्ष्य दिएको थियो। भारतीय टोलीले ५.३ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्यो।
भारतका लागि कप्तान रोहित शर्माले शतक प्रहार गर्दै ९० बलमा १२ चौका र ७ छक्काको मद्दतले कुल ११९ रन बनाए। शुभमन गिलले ६० रन, श्रेयस अय्यरले ४४ रन र अक्षर पटेलले ४१ रन बनाए।
यसैबिच, यस खेलमा यशस्वी जयस्वालको स्थानमा ल्याइएको विराट कोहलीले आफ्नो ब्याटबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्। उनी ५ रन बनाएर पेभिलियन फर्किए। इंग्ल्याण्डका लागि जेमी ओभरटनले दुई विकेट लिए।
इङ्ग्ल्याण्डका लागि ब्याटिङ गर्दा जो रुट र बेन डकेटले सबैभन्दा धेरै रन बनाएका थिए । जो रुटले ६९ र बेन डकेटले ६५ रन बनाए।
बलिङमा भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए।
भारत र इङ्ग्ल्याण्डबीच तीन खेलको एकदिवसीय शृङ्खला खेलिँदैछ। यो जितपछि भारतले शृङ्खलामा २-० ले कब्जा जमाएको छ। शृङ्खलाको अर्को खेल फेब्रुअरी १२ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण