आँचल र खगेन्द्र जोडीको रूपमा देखिँदै
सोमबार, २८ माघ २०८१, ११ : १५

काठमाडौँ । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने जोडीको रूपमा देखिने भएका छन् । फिल्म ‘हर्ष’ मा दुबैलाई जोरीको रूपमा देख्न पाइने भएको हो ।
फिल्मलाई एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्मको अहिले आँचल र खगेन्द्र मात्र फाइनल भएका हुन् । अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।
प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । आलोक शुक्लाको फिल्ममा छायाङ्कन रहनेछ ।
निर्देशक एकता स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन
-
अस्थिर राजनीतिले नेपालमा पनि बंगलादेशको जस्तै जनआक्रोश निम्त्याउन सक्छ ?