अब म मुक्कुमलुङ जान्छु : महतो
काठमाडौँ । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै नो केबलकार समूहले आन्दोलनको घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएका हुन्।
पत्रकार सम्मेलनमा संघर्ष समितिको तर्फबाट बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले अब आफू ८ गते मुक्कुमलुङ पद यात्रा गर्ने बताएका छन् । आन्दोलनको कार्यक्रम मध्ये फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔँ पदयात्रा’ घोषणा गरिएको छ ।
उनले भने, ‘सामाजिक न्याय दिवसको अवसरमा मुन्धुम सभ्यता, मुक्कुमलुङको न्यायको निम्ति म त्यहाँ जान्छु, तपाईँहरू पनि जाओ र विशाल पद यात्रा गरौँ । अब लिम्बू एक्लै लड्दैन, अब कुनै समुदाय एक्ला एक्लै लड्नु जरुरी छैन। डिभाइड एन्ड रुल अब चल्दैन । छुट्टाछुट्टै लडोस् भनेर नै कोही कोही बहारियाहरु यो आन्दोलनमा आउनु भन्ने भाषा निर्माण गर्न खोज्दै छ तर अब त्यो हुँदैन। अब हामी मिलेर लड्छौँ।’
उनले थपे, ‘अहिलेको सरकार निरंकुशtfतर्फ अघि बढेको छ । बोल्न पाइँदैन भन्ने आशयको कानुन ल्याउन खोज्दै छ, माघ १२ गते प्रहरीले सभ्यताको रक्षार्थ शान्तिपूर्ण संघर्ष गर्नेहरू उपर गोली चलाउने यी सबै निरंकुशताको उदाहरण हो । अब वार्ता सार्तामा बोलाइरहनु जरुरी छैन, त्यहाँ केबलकार बन्दैन निर्णय गरे पुग्छ।’
माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेको तर सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महतोले बताए। अबको आन्दोलन अझै ससक्त हुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण