सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–११ पिरेनी गाउँकी सूर्यकुमारी चौधरीको बारीमा १६ किलोग्रामको एउटै लौका फलेको छ । गत जेठमा रोपिएको स्थानीय जातको लौकाको लहरामा कुनै रासायनिक मल र विषादी प्रयोग नगरेरै सो लौका फलाएको उनले बताइन् ।
‘रासायनिक मल र अन्य विषादी केही प्रयोग गरिएन, केवल गोबर मल प्रयोग गरेर लौका फलाइएको लागेको हो’, चौधरीले भनिन् । गौरीगङ्गा नगरपालिका–९ मा सञ्चालित एकता जैविक संरक्षण कृषि सहकारी (बीउ बैंक) की सदस्यसमेत रहेकी चौधरीले आफ्नै संस्थाबाट लिएको रैथाने जातको लौकाको बीउ रोपेकी थिइन् ।
संस्थाका अध्यक्ष भक्तिराम सापकोटाले संस्थाले रैथाने जातको धान, गहुँ, सिमी, तरकारीलगायत बालीको बीउ संरक्षण गरी किसानलाई बिक्री वितरण गर्दै आएको बताए ।
‘हाइब्रिड जातको बीउको तुलनामा रैथाने जातको बीउबाट उत्पादकत्व केही कम हुने गरेको छ तर रैथाने जातको बीउबाट खेती गर्दा लागत खर्च कम र रोककिराको समस्या पनि कम हुन्छ । कुनै विषादी वा रासायनिक मल प्रयोगबिना उत्पादित कृषिउपज मानव स्वास्थ्यका लागिसमेत हानिकारक हुँदैन । त्यही भएर हामीले यस्तो कार्यलाई प्रोत्साहन गरिरहेका छौँ,’ उनले भने ।
धनगढीमा लागेको प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा प्रदर्शनीका लागि राखिएको यो लौका अवलोकन गर्नेहरूको भीड लाग्ने गरेको छ । मेलामा रैथाने जातका अन्नबाली, तरकारीको बीउबिजनका साथै कृषिजन्य सामग्री तथा उपकरण पनि प्रदर्शनीमा राखिएका छन् ।
कृषि निर्देशनालय दीपायलको पहलमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पुर्याउने लक्ष्यसहित धनगढीमा चारदिने प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण