ट्रम्पले गरे विदेशी भ्रष्टाचार अभ्यास ऐन खारेज
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगभग ५० वर्ष पुरानो विदेशी भ्रष्टाचार अभ्यास ऐन (एफसीपीए) खारेज गरेका छन् । यससँगै अब विदेशमा व्यापार व्यवसायको लागि घुस दिनु अमेरिकामा अपराध हुनेछैन । यही कानुन अन्तर्गत अमेरिकामा भारतीय व्यवसायी गौतम अदानीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । यसमा उनीमाथि भारतीय अधिकारीहरूलाई घुस दिने योजना बनाएको आरोप लागेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको २ दिन अगाडि ट्रम्पले यो निर्णय लिएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई यस कानुनअन्तर्गत गरिएका निर्णयहरूको समीक्षा गर्न गाइडलाइन्स बनाउन निर्देशन दिएका छन् । ‘न्याय मन्त्रालयले ती अमेरिकीमाथि मुद्दा चलाउन रोक्नुपर्यो, जसमा अन्य देशमा व्यापार हासिल गर्न वा कायम राख्न विदेशी अधिकारीहरूलाई घुस दिएको आरोप छ,’ ट्रम्पले आदेश दिएका छन् ।
के हो एफसीपीए ऐन
विदेशमा भ्रष्टाचार अभ्यास ऐन (एफसीपीए) अमेरिकाले १९७७ मा लागू गरेको थियो । यसअन्तर्गत अमेरिकामा दर्ता भएका कम्पनीहरूलाई व्यापार र अन्य उद्देश्यका लागि विदेशी अधिकारीहरूलाई घुस दिन प्रतिबन्ध लगाइएको थियो । ‘यो निर्णयले अमेरिकामा नयाँ व्यापारिक अवसरहरू ल्याउनेछ,’ सोमबार ह्वाइट हाउसको ओभल अफिसमा यो कानुन रोक्ने आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यो कानुन खारेज गर्ने इच्छा व्यक्त गरेका थिए । भयानक कानुन भन्दै यो कानुनका कारण संसार अमेरिकामाथि हाँसिरहेको उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण