बेलायतमा भुपेन्द्रलाई दोहोरो स्वर्ण
काठमाडौँ । नेपालका भुपेन्द्र गुरुङले बेलायतमा सम्पन्न आईएमएसी खुला प्रतियोगितामा दुईवटा स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आट्र्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित उक्त प्रतियोगितामा भुपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण पदक हात पारेका हुन् ।
भुपेन्द्रले नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । उनले नान् छ्वानमा २७.३ र ताइचीमा २७ अंक जोडेका थिए । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो । तीन महिनाको अवधिमा भुपेन्द्रले जितेको यो आठौँ पदक हो ।
यसअघि अमेरिकाको विभिन्न सहरमा भएका तीन प्रतियोगितामा भूपेन्द्रले ६ वटा पदक जितेका थिए । उनले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण, १५औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा दुई रजत र छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आट्र्स च्याम्पियनसिपमा समान एक स्वर्ण र एक रजत जितेका थिए ।
भुपेन्द्र आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै बेलायत पुगेका हुन् । उनले उमा नेपालको चौथो डान पनि प्राप्त गरेका छन् । वल्र्ड युनाइटेड मार्सल आट्र्स (उमा) का अध्यक्ष ग्रान्ड मास्टर रिचर्ड होप्किन्सले भुपेन्द्रलाई प्रमाणपत्र प्रदान गरे ।
नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईलाई नेपालका लागि आईएमएसीको महासचिवको जिम्मेवारी दिइएको पनि राष्ट्रिय खेलकुद परिषदअन्तर्गतको प्रचारप्रसार शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण