क्यानद्वारा दोस्रो चरणमा २४ सदस्यीय यू–१९ टोलीको घोषणा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने आईसीसी क्रिकेट प्रतियोगितामा सहभागी हुन क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय पुरुष यू–१९ टोलीको घोषणा गरेको छ ।
यसअघि, क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ३६ सदस्यीय टोलीको घोषणा गरेको थियो । पहिलो चरणमा छनोट भएका खेलाडीहरुलाई तीन समूहमा विभाजन गरी क्यानले माघ १५ देखि २२ गतेसम्म भैरहवामा ‘क्यान यूथ कप’ आयोजना गरेको थियो ।
‘क्यान यूथ कप’ दोहोरो राउन्ड रोविन लिगका आधारमा खेलाइएको थियो । सोही प्रतियोगिताबाट क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
दोस्रो चरणका लागि घोषित टोलीमा अमर मिश्र, सोहेल कुँवर, रुहुल हक अन्सारी, निरज कुमार यादव, नरेन भट्ट, रोशन विश्वकर्मा, सिब्रिन श्रेष्ठ, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, दीपक सेराल र अपराजित पौडेल रहेका छन् ।
यसैगरी, टोलीमा विपिन प्रसाद शर्मा, रोहन साह, अभिषेक तिवारी, अरविन्द घर्ती, नितिस पटेल, दयानन्द मण्डल, सन्तोष यादव, प्रतिक पौडेल, सूर्यान्शु कोइराला, अशोक धामी, साहिल पटेल र राजेश बोहराले पनि स्थान पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण