खेल मिलेमतो प्रकरणमा बंगलादेशी क्रिकेटरमाथि पाँच वर्षको प्रतिबन्ध
काठमाडौँ । बंगलादेशी क्रिकेट समर्थकका लागि एउटा दुःखद समाचार सार्वजनिक भएको छ । बंगलादेशकी चर्चित महिला क्रिकेट खेलाडी शोहेली अख्तर आर्थिक अनियमितताको आरोपमा प्रतिबन्धमा परेकी छन् ।
शोहेली अख्तर प्रभावशाली अफ स्पिनर हुन् । उनी आर्थिक अनियमितताको आरोपमा प्रतिबन्धमा पर्ने बंगलादेशकी पहिलो महिला क्रिकेटर हुन् । खेल मिलेमतोको प्रयास गरेको आरोप पुष्टि भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उनीमाथि प्रतिबन्ध लगाएको हो ।
शोहेली अख्तरले हालसम्म बंगलादेशका लागि दुई एकदिवसीय र १३ वटा टी–२० प्रतियोगिता खेलिसकेकी छन् । उनीमाथि खेल मिलेमतोको प्रयास गरेको, आर्थिक अनियमिततामा संलग्न रहेको र स्वतन्त्र अनुसन्धानमा बाधा पुर्याएको आरोप लगाइएको थियो ।
पछि उनी आफैले आरोपहरू स्वीकार गरेकी थिइन् । आईसीसीले उनीमाथि आगामी पाँच वर्षसम्म क्रिकेटको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । सबैभन्दा पहिले सन् २०२३ मा आयोजित महिला टी–२० विश्वकपका क्रममा खेल मिलेमतोको आरोप लागेको थियो ।
यद्दपि, ३६ वर्षीया शोहेली अख्तरले त्यो विश्वकप खेलेकी थिइनन् । तर, उनले विश्वकप खेलिरहेका बंगलादेशी टोलीका अन्य खेलाडीहरूसँग फेसबुक म्यासेन्जरमा कुराकानी गरेकी थिइन् । ती कुराकानीबाट उनी खेल मिलेमतोमा संलग्न रहेको संकेत पाइएको थियो ।
खासगरी, सन् २०२३ को फेब्रुअरी १४ तारिखमा खेलिएको बंगलादेश र अस्ट्रेलियाबिचको खेलका क्रममा उनले टोलीका साथीहरुसँग म्यासेन्जरमा बढी कुराकानी गरेकी थिइन् ।
उनले अस्ट्रेलियाविरुद्धको उक्त खेलमा दुई खेलाडीलाई ‘हिट विकेट’ आउट हुन २० लाख बंगलादेशी टाका (करिब १६ हजार चार सय अमेरिकी डलर) को प्रस्ताव राखेकी थिइन् । तर, शोहेली अख्तरको उक्त प्रस्तावको बारेमा ती दुई खेलाडीले एन्टी करप्सन युनिटलाई तत्कालै जानकारी गराएका थिए ।
त्यसपछि उनीमाथि छानबिन अगाडि बढाइएको थियो । शोहेली अख्तरमाथि लगाइएको प्रतिबन्ध सन् २०२५ को फेब्रुअरी १० तारिखदेखि सुरु भएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण