३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !
बलिउडबाट टाढा आजकाल हलिउडमा सक्रिय प्रियंका चोपडा अहिले चर्चामा छिन् । खबरका अनुसार लामो समयदेखि ‘सिंगल’ रहेकी ३५ वर्षे प्रियंका ‘मिंगल’ भएकी छिन् । उनी आफूभन्दा १० वर्ष कान्छो अमेरिकी गायकसँग डेट गरिरहेको स्रोतले जानकारी दिएको छ ।
प्रियंका २५ वर्षे अमेरिकी गायक निक जेनाससँग सम्बन्धमा रहेको स्रोतले दाबी गरेको छ । यूएस डेलीले नजिकको स्रोतको हवाला दिँदै भनेको छ, ‘यी दुई एक अर्कालाई डेट गरिरहेका छन् र यो निकै नयाँ हो । उनीहरु निकै राम्रा जोडी हुन् र एक अर्कामा एकदम रुची राख्छन् ।’ दुबैका केही फोटो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा दुबैले क्वालिटी टाइम बिताइरहेको देखिएका छन् ।
प्रियंका र निकलाई पहिले नै सँगै देखिसकिएको छ तर उनको हालै सार्वजनिक भएको फोटोमा उनीहरु एकसाथ डुङ्गामा बसिरहेको देख्न सकिन्छ ।
यो फोटोमा प्रियंका र निक एक अर्काको निकै नजिक बसिरहेको देख्न सकिन्छ । अहिले प्रियंका क्यालिफोर्नियामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण