अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा पाल्पाको रानी महलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताए ।
लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेको बताए । उनले बुटवल–नारायणघाट सडक खण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरू चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको खुलाए ।
लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरू गण्डकी प्रदेशमा निर्यात हुने गरेको, यसको थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको बताए ।कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै दुवै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताए ।
कानुन निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरूपता ल्याउने बारेमा समेत धारणा राख्दै संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरू प्रदेशलाई हस्तान्तरणका लागि पनि प्रदेशहरूको बिचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण