कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
बुधबार, ३० माघ २०८१, २३ : ३८

विराटनगर । नेकपा माओवादी केन्द्रले जितेका कोशी प्रदेशका ७ वटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् । ‘जनयुद्ध दिवस’को अवसरमा ती पालिकाहरूले बिदा दिने निर्णय गरेका हुन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका, उदयपुरको लिम्चिङबुङ गाउँपालिका, खोटाङका खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन् ।
यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि सार्वजनिक सूचना निकालेर बिदा दिएको घोषणा गरेका छन् । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले उपनिर्वाचन समेत गरेर १३ वटा पालिका जितेको थियो ।
कार्यपालिकामा बहुमत पुग्ने पालिकाले बिदा दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) ले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छ : रास्वपा
-
अपराध अनुसन्धान गर्न सीसीटीभीसहित ‘स्मार्ट भ्यान’को प्रयोग
-
सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने मुख्यमन्त्री शाहको प्रतिबद्धता
-
सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो: इप्पान
-
निलम्बनविरूद्ध पाण्डेद्वारा उच्च अदालत पाटनमा रिट दायर, बुधबार पेसी
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)