दुर्घटनामा परे गायक विशाल ददलानी
मुम्बई । भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी हालै दुर्घटनामा परेका छन् । यस दुर्घटनाका कारण उनले पुणेमा हुने आफ्नो आगामी कन्सर्ट स्थगित गरेका छन्।
यो कार्यक्रम पहिले मार्च २, २०२५ मा हुने तालिका थियो । तर अब यो अर्को मितिमा आयोजना हुनेछ।
ददलानीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट मार्फत यस दुर्घटनाको जानकारी दिए। आफ्नो इन्स्टा स्टोरीमा एउटा पोस्ट सेयर गर्दै आफू अहिले ठिक नभएको र उपचार गराइरहेको बताए। आफ्ना फ्यानहरूलाई आश्वस्त पार्दै उनले लेखे, 'मेरो सानो दुर्घटना भयो। तर चाँडै नै मलाई फेरि नाचिरहेको देख्न पाउनुहुनेछ । म चाँडै नै तपाईंहरू सबैलाई अपडेट गर्नेछु। म तपाईंहरुलाई चाँडै पुणेमा भेट्नेछु।’
ददलानीसँगै उनका पार्टनर शेखर रवजियानी पनि यस कन्सर्टको हिस्सा हुनेवाला थिए। आयोजकहरूले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत टिकट फिर्ताको प्रक्रिया पनि सुरु गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण