अमेरिकामा एप्पल र गुगलको एपमा फर्कियो टिकटक
क्यालिफोर्निया । चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिकी एप स्टोरमा पुनरागमन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ५ सम्मका लागि कम्पनीमाथि लागेको प्रतिबन्ध थाँती राखेपछि टिकटक अमेरिकामा एप्पल र गुगलको एप स्टोरमा फर्किएको हो । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । जनवरी १९ मा प्रतिबन्ध लाग्नु केही घण्टा अघि माउ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटक बन्द गरेको थियो ।
तर ट्रम्पको आश्वासन पछि कम्पनीले सेवा सुचारु गर्यो । राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध ७५ दिन पछाडि धकेल्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यो अवधिभित्र गैर चिनियाँ क्रेतालाई टिकटक बेचिएन भने यो प्रतिबन्धमा पर्नेछ । टिकटकमाथिको प्रतिबन्ध अहिले नै लागू भइनसकेको र एप डाउनलोड गर्न दिँदा उनीहरूलाई कारबाही गर्दिन भनेर ट्रम्प प्रशासनबाट आश्वासन पाएपछि एप्पल र गुगलले यो कदम चालेको बताइएको छ ।
टिकटकमाथि प्रतिबन्धलाई पूर्व राष्ट्रपति जो बाइडेनले कानुनको रूपमा हस्ताक्षर गरिसकेका छन् । यसमा बाइटडान्सलाई टिकटकलाई तटस्थ तेस्रो पक्षलाई बेच्न होइन भने प्रतिबन्धको सामना गर्न भनिएको छ । चीनले यो एपलाई अमेरिकीहरूको जासुसी गर्न र राजनीतिक चलखेलका लागि प्रयोग गर्न सक्ने बाइडेन प्रशासनको चिन्ता थियो । तर टिकटकले बारम्बार यो आरोपको खण्डन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण