भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ । बिहीबार भारतको भ्रमण सकेर स्वदेश फर्किएका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने बताएका हुन् ।
उनले छिटै नै भारतीय ऊर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए । ‘इन्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किनुभएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरू (विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट गरेको र ठुला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए । उनले भारतीय ऊर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी दिए ।
उनले भने, ‘ऊर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।’ मन्त्री खड्काले ऊर्जा क्षेत्रमा भारतको राम्रो सहयोग गरेको महसुस गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण