समय रैनाको शो मा गरेको टिप्पणी मामिलामा सर्वाेच्च अदालत पुगे रणवीर इलाहाबादिया
नयाँ दिल्ली । भारतीय कमेडियन समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’ मा सहभागीको मातापिताको निजी सम्बन्धबारे गरेको आपत्तिजनक प्रश्नको मामिलामा इन्फ्लुएन्सर रणवीर इलाहाबादियाविरुद्ध ठाउँ ठाउँमा एफआईआरहरू दर्ता भएका छन् ।
यी एफआईआरविरुद्ध रैना सर्वाेच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् । अदालतमा रैनाले याचिका दायर गरेका छन् । याचिकामा सबै एफआईआरहरूको सुनुवाइ एकसाथ गरिनुपर्ने माग गरिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश (सीजेआई) संजीव खन्नासँग रैनाको पक्षबाट उपस्थित अधिवक्ता अभिनव चन्द्रचूडले चाँडै सुनुवाइको माग गरेका छन् । यस विषयमा समयमै सुनुवाइ हुने भन्दै प्रधानन्यायाधीशले तारेख दिएका छन् । यस मामिलामा रणवीर इलाहाबादिया विरुद्ध असम र महाराष्ट्रमा एफआईआर दायर भएको छ । यस विषयमा विवाद बढ्दै गएपछि उनले माफी पनि मागेका थिए ।
‘मेरो टिप्पणी न त सही थियो न त हास्यास्पद । कमेडी मेरो दक्षता होइन । म यसको लागि कुनै स्पष्टीकरण दिने छैन । म सबैसँग माफी माग्न चाहन्छु । जे भयो त्यो कूल थिएन । परिवारको अपमान म गर्दिन ।’
यस मामिलामा टिप्पणी गर्दै इलाहाबादियाले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा भनेका छन् । आफूले निर्माताहरूलाई विवादास्पद टिप्पणी हटाउन भनेको पनि उनले पोष्टमा बताएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण