रोजगारी कटौतीसम्बन्धी ट्रम्पको आदेशमा बढ्यो रोक
वासिङटन डीसी । अमेरिकाको विदेश सहयोग नियोग यूएसएडलाई खारेज गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनको योजनालाई रोक्ने अदालतको आदेश कम्तीमा अर्को हप्तासम्म कायम रहनेछ । बिहीबार लगभग तीन घण्टाको सुनुवाइपछि, अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्सले रोकको समय थप्ने निर्णय गरेका थिए ।
सुनुवाइ यूएसएडका कर्मचारीहरूलाई बिदा दिने र विदेशी सहायता कोष रोक्न ट्रम्प प्रशासनको अचानकको आदेशले एजेन्सीका हजारौँ कर्मचारीहरूलाई कसरी असर गरेको छ भन्ने कुरामा केन्द्रित थियो । रोक्का जारी रहने कि नरहने भन्नेबारे चाँडै लिखित निर्णय जारी गर्ने न्यायाधीश निकोल्सले बताए । जोखिम उच्च भएका देशमा बिदामा जाने कर्मचारीहरूको सुरक्षा कसरी सुनिश्चित गर्ने भनेर उनले सरकारलाई प्रश्न पनि गरेका थिए । न्याय मन्त्रालयका वकिलले विस्तृत योजना बुझाउन नसकेपछि, न्यायाधीशले उनलाई दालतका कागजातहरू पेस गर्न भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण