पाकिस्तानलाई हराउँदै न्युजिल्याण्डलाई शृङ्खला
कराची । त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको फाइनल खेलमा न्युजिल्याण्डले घरेलु टोली पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ४३ रनको लक्ष्य न्युजिल्याण्डले ५ विकेटको क्षतिमा ४५.२ ओभरमा पछ्याएको हो ।
न्युजिल्याण्डलाई जित दिलाउन डेरल मिचेल र टम लाथमले अर्धशतकीय इनिङ्स खेले । मिचेलले ५८ बलमा ५७ रन जोडे । उनले ६ चौका हिर्काए । लाथमले ६४ बलमा ५ चौकाको मद्दतले ५६ रन बनाए ।
ओपनर डेभोन कनवेले ४८ रन बनाए भने केन विलियमसनले ३४ रनको योगदान दिए । ग्लेन फिलिप्सले २० रन जोडे । पाकिस्तानका लागि नसिम शाहले २ तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान आघाले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४२ रन बनाएको थियो । टोलीका कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
सलमान आघाले ४५ रन जोडे । त्यस्तै, तय्यब ताहिरले ३८ तथा तथा बाबर आजमले २९ रन बनाए । फहिम अशरफले २२ रनको योगदान दिए ।
न्युजिल्याण्डका लागि विल ओ’रोर्केले ४ विकेट लिए । माइकल ब्रेसवेल र मिचेल स्यान्टनरले २–२ विकेट तथा जेकब डफी र नाथन स्मिथले १–१ विकेट झारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण