अस्थिरताको कारक देश सञ्चालन गर्ने शीर्ष नेतृत्व हो : सांसद शर्मा
ललितपुर । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले शीर्ष नेताहरूका कारण देशमा अस्थिरता बढेको बताएकी छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अस्थिरताको कारण प्रतिनिधिसभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताइन् ।
उनले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरू नभई देश सञ्चलन गर्ने शीर्ष नेतृत्व रहेको टिप्पणी गरिन् । संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताइन् । संविधान असंशोधनीय दस्ताबेज नभएको बताइन् । गठबन्धन परिवर्तनको राजनीतिक एजेन्डा संविधान संशोधन भए पनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गरिन् । उनले देशमा पाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली बदल्नुपर्छ । यो मलाई पनि लाग्छ र मेरो दलको मान्यता पनि हो । तर अस्थिरताको कारण प्रतिनिधिसभामा आइपुगेको उत्पीडित समुदायका मान्छेहरू होइनन् । यसरी सोच्यो भने यो गलत हुन्छ । हामी त झन्डै दुई तिहाइको बिचमा पुगेका नेकपाका मान्छे हौँ । एउटै पार्टीको झन्डै दुई तिहाइ पुगे पनि त टिक्दो रहेनछ भन्ने कुरा त ०७४ को निर्वाचनपछि हामीले भोगेर आएका छौँ । अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरू हुन् वा यो देशलाई सञ्चालन गर्ने शीर्ष नेतृत्वहरू हुन् ? यहाँनेर खोजी गर्नुपर्ने जरुरी छ । अस्थिरताका कारक उत्पीडित समुदायका महिला, दलितहरू होइनन् । अस्थिरताका कारक यहाँ शीर्ष हौँ भन्ने नेताहरू हुन् ।’
सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पारिन् । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको समेत बताइन् । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण