होटलमा वेश्यावृत्ति : ४ जना महिलाको उद्धार, दुई जना पक्राउ
शनिबार, ०३ फागुन २०८१, १५ : ४८

पर्सा । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगन्ज महानगरपालिका-१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ बस्ने ४० वर्षीय जय प्रकाश साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका-१५ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना महिलाको उद्धार समेत गरेको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो