नेप्से परिसूचक १९.५६ अंकले वृद्धि
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.५६ अंकले वृद्धि भएको छ । गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन१९.५६ अंक बढेर २६९८.०३ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको नेप्सेले जनाएको छ ।
आईतवार कारोबारमा आएको ३०९ कम्पनीको २ करोड ९ लाख ९४ हजार कित्ता शेयर ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आइतबार कारोबार रकम पनि बढेको छ। गत बिहीबार ७ अर्ब ९२ करोडको शेयर खरिद बिक्री भएका थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।जसमा वित्त उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ । होटल तथा पर्यटन, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्दा निर्जीवन बिमा र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेका छन् ।
आइतबार ६ लघुवित्त कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।जसमा गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, जानकी फाइनान्स, विन नेपाल लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सक र पोखरा फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
तर यता कारोबारमा आएको न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत घटेको छ । आइतबारको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण