सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण
सोमबार, ०५ फागुन २०८१, ०९ : २७
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान ४ बजेतिर आईसीयूमा बिमारीलाई चेकजाँच गरेर फर्किने क्रममा डाक्टर वेदप्रकाश पन्तमाथि आक्रमण भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार धनगढी–उपमहानगरपालिका–१३ का ४६ वर्षीय रमतरन राना प्रेसरको बिमारी थिए। उनको आईसीयूमा उपचार भइरहेको थियो। रानालाई चेकजाँच गरेर फर्किने क्रममा उनका छोरा २४ वर्षीय कृष्ण रानाले डाक्टर पन्तमाथि हातपात गरेका हुन्।
डाक्टर पन्तमाथि हातपात गर्ने कृष्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कृष्णको मानसिक अवस्था कमजोर भएका कारण हातपात गरिएको भन्ने बुझिएको डिएसपी बोहराले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ। डाक्टर पन्तको मुखमा सामान्य चोट लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण