डेंगी बढ्दै गएपछि लामखुट्टे समात्नेलाई पुरस्कार दिँदै फिलिपिन्स

मनिला । डेंगी बढ्दै गएपछि फिलिपिनी सरकारले लामखुट्टे समात्ने र मार्नेलाई पुरस्कार दिने भएको छ।
डेंगी फैलिनबाट रोक्न घनाबस्ती भएका सहरी क्षेत्रका लागि यो योजना ल्याइएको फिलिपिनी अधिकारीहरूले बताएका छन्। हरेक पाँच वटा लामखुट्टे समाते वा मारेबापत एक पेसो (फिलिपिनी मुद्रा) दिइने मध्य मनिलाको बारान्गे एडिसन हिल्सका गाउँ प्रमुख कार्लितो केर्नालले घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने यो योजनाको खिल्ली उडाइरहेका छ्न् । तर, केर्नालले भने यसको बचाउ गरेका छन् । सामुदायिक स्वास्थ्यका लागि यो जरुरी भएको उनको भनाइ छ ।
हालैका दिनहरूमा फिलिपिन्समा डेंगीको प्रकोप बढ्न थालेको छ । जसका कारण दुई विद्यार्थी मृत्युसमेत भएको थियो। त्यसपछि यो अभियान चलाइएको हो । यो अभियान कम्तीमा एक महिनासम्म चल्ने बताइएको छ। पुरस्कार राशि जिउँदो वा मरेको दुवै लामखुट्टे अनि लार्भामा समेत लागू हुने केर्नालले भनेका छन् ।
जिउँदा लामखुट्टे भने अल्ट्राभ्वाइलेट प्रकाशको सहायता मारिनेछ । योजना सुरु भएयता अहिलेसम्म २१ जनाले लामखुट्टे समातेर वा मारेर पुरस्कार लिएका छन्। यस क्रममा लार्भासहित ७ सय ७० लामखुट्टे समातिएको समाचारहरूमा जनाइएको छ।
केर्नालले मंगलबार अबेर यो अभियानको घोषणा गरेका थिए । यस योजनाबारे एक जनाले 'लामखुट्टे खेती सुरु हुँदै' भनेका थिए । अर्का एक जनाले भने 'एउटा पखेँटा नभएको लामखुट्टे लिन्छन् कि लिँदैनन्' भनेर प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए