डेंगी बढ्दै गएपछि लामखुट्टे समात्नेलाई पुरस्कार दिँदै फिलिपिन्स
मनिला । डेंगी बढ्दै गएपछि फिलिपिनी सरकारले लामखुट्टे समात्ने र मार्नेलाई पुरस्कार दिने भएको छ।
डेंगी फैलिनबाट रोक्न घनाबस्ती भएका सहरी क्षेत्रका लागि यो योजना ल्याइएको फिलिपिनी अधिकारीहरूले बताएका छन्। हरेक पाँच वटा लामखुट्टे समाते वा मारेबापत एक पेसो (फिलिपिनी मुद्रा) दिइने मध्य मनिलाको बारान्गे एडिसन हिल्सका गाउँ प्रमुख कार्लितो केर्नालले घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने यो योजनाको खिल्ली उडाइरहेका छ्न् । तर, केर्नालले भने यसको बचाउ गरेका छन् । सामुदायिक स्वास्थ्यका लागि यो जरुरी भएको उनको भनाइ छ ।
हालैका दिनहरूमा फिलिपिन्समा डेंगीको प्रकोप बढ्न थालेको छ । जसका कारण दुई विद्यार्थी मृत्युसमेत भएको थियो। त्यसपछि यो अभियान चलाइएको हो । यो अभियान कम्तीमा एक महिनासम्म चल्ने बताइएको छ। पुरस्कार राशि जिउँदो वा मरेको दुवै लामखुट्टे अनि लार्भामा समेत लागू हुने केर्नालले भनेका छन् ।
जिउँदा लामखुट्टे भने अल्ट्राभ्वाइलेट प्रकाशको सहायता मारिनेछ । योजना सुरु भएयता अहिलेसम्म २१ जनाले लामखुट्टे समातेर वा मारेर पुरस्कार लिएका छन्। यस क्रममा लार्भासहित ७ सय ७० लामखुट्टे समातिएको समाचारहरूमा जनाइएको छ।
केर्नालले मंगलबार अबेर यो अभियानको घोषणा गरेका थिए । यस योजनाबारे एक जनाले 'लामखुट्टे खेती सुरु हुँदै' भनेका थिए । अर्का एक जनाले भने 'एउटा पखेँटा नभएको लामखुट्टे लिन्छन् कि लिँदैनन्' भनेर प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण