काठमाडौँ महानगरको भ्यु टावरमा प्राधिकरणले विद्युत लाइन काट्यो
बुधबार, ०७ फागुन २०८१, १८ : १०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निर्माण गरिरहेको भ्यु टावरमा विद्युत् प्राधिकरणले बिजुली काटेको छ । राजधानीको रत्नपार्कस्थित प्राधिकरणसँगै जोडिएको निर्माणाधीन भ्यु टावरमा बिजुली काटिएको हो ।
भ्यु टावर निर्माणमा कार्यरत मजदुरहरूका अनुसार विगत १५ दिनदेखि त्यहाँ बिजुली काटिएको हो । पार्किङमा समेत बत्ती नहुँदा मोबाइलको बत्ती बालेर निस्कनुपर्ने अवस्था रहेको उनीहरूले बताए ।
भवन रेखदेख गर्न बसेका कर्मचारीहरूले पानी र बिजुली नहुँदा सास्ती खेपिरहनुपरेको बताएका छन् । यस सम्बन्धमा बुझ्न खोज्दा विद्युत् प्राधिकरण श्रोतसँग सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण