राति सुत्दा मोबाइल साथमै राख्नु हुन्छ ?
काठमाडौँ । केटाकेटी हुन्, युवा होस् वा वृद्ध वृद्धा राति सुत्नुअघि धैरेमा मोबाइल फोन प्रयोग गर्ने बानी हुन्छ । अझ कोही कोही त सुत्ने बेलामा मोबाइल तकिया मुनि वा साइडमा राखेर सुत्छन् ।
यसो गर्दा स्वास्थ्यमा नराम्रो असर पर्छ । मोबाइल फोनको अत्यधिक प्रयोग गर्नु र सुत्दाखेरि यसलाई शरीरको धेरै नजिक राख्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।
विशेष गरी सुत्ने बेला मोबाइल तकिया मुनि वा शीरको नजिक राख्नु राम्रो होइन । न त दिनभरि यसलाई आफ्नो खल्तीमा राख्नु नै ठीक हुन्छ । यसले केही गम्भीर जोखिमहरू निम्त्याउन सक्छ ।
विकिरणको प्रभावः
मोबाइल फोनबाट निस्कने विद्युत चुम्बकीय तरंगहरू (ईएमएफ)ले मस्तिष्क र निद्राको गुणस्तरमा नकारात्मक प्रभाव पार्न सक्छ ।
निद्रामा बाधाः नोटिफिकेशनको आवाज वा स्क्रिनको प्रकाशले निद्रामा बाधा पुर्याउन सक्छ ।
आगलागीको जोखिमः यदि मोबाइल चार्जमा राखेर सिरानी मुनि राखियो भने तातेर यसमा आगो लाग्न सक्छ ।
यी कुरालाई राख्नुस् ध्यानमाः
– मोबाइललाई टाउकोबाट कम्तिमा ३–५ फिट टाढा राख्नुहोस् ।
– सुत्दा मोबाइललाई फ्लाइट मोडमा राख्नु पर्छ, ताकी विकिरणको प्रभाव कम होस् ।
–बिहान अलार्मको लागि मोबाइलको सट्टा छुट्टै घडी प्रयोग गर्नुहोस् ।
मोबाइल खल्तीमा राख्नु सुरक्षित हुन्छ त ?
–मुटु र प्रजनन स्वास्थ्यमा पर्ने प्रभावः केही अनुसन्धानले मोबाइल फोनबाट निस्कने विकिरणले पुरुषको शुक्रकीट गणना र महिलाको हार्माेनल सन्तुलनलाई असर गर्न सक्ने सुझाव दिएको छ ।
डिस्यू क्षति हुने खतराः लामो समयसम्म मोबाइललाई खल्तीमा राख्नाले शरीरको त्यो हिस्सा तात्छ र तन्तुहरूलाई असर गर्न सक्छ ।
निरन्तर विकिरणसँग सम्पर्कः आफ्नो पाइन्ट वा शर्टको खल्तीमा फोन राख्दा शरीर निरन्तर ईएफएफको सम्पर्कमा रहन्छ । यसले स्वास्थ्य जोखिम बढाउन सक्छ ।
यी कुरामा दिनुस् ध्यान
–फोनलाई पाइन्ट वा शर्टको खल्तीमा राख्नुको सट्टा झोलामा राख्नु राम्रो हुन्छ ।
–यसलाई आफ्नो खल्तीमा राख्नै भर्यो भने पनि फ्लाइट मोडमा राखिदिनुस् वा ब्लुटुथ/वाइफाइ बन्द गरिदिनुहोस् ।
–फोनलाई लामो समयसम्म एकै ठाउँमा राख्नुहुन्न । बेला बेलामा यसलाई राख्ने ठाउँ पनि परिवर्तन गरिरहनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण