‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे उत्तम प्रधान
काठमाडौँ । भोलिबाट छायाङ्कन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे ।
फिल्ममा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायाङ्कन अवधिभर नै उत्तम नेपालमा रहनेछन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको भोलिबाट काठमाडौंमा छायाङ्कन सुरु हुनेछ । फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरीया र अमलादेवी राई फिल्मका निर्माता हुन् । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । निसाल पौडेलको छायाङ्कन रहने यो फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली फिल्ममा फर्किन लागेका हुन् । यो बिचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण