एक्समाथि ब्राजिलमा १४ लाख डलर जरिवाना
ब्रसिलिया । ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले माइक्रोब्लगिङ वेबसाइट एक्समाथि ८१ लाख मिलियन ब्राजिलियन रीसिस (करिब १४ लाख अमेरिकी डलर) जरिवाना तिराएका छन् । अदालतको आदेश अपहेलना गर्दै एक्सले एलन डस सैन्टोसको प्रोफाइलसँग सम्बन्धित पंजीकरण डेटा हस्तान्तरण गर्न अस्वीकार गरेको मामिलामा बुधवार यो जरिवाना लगाइएको हो ।
मोरेसले २०२४ को जुलाई मा एक्स र मेटालाई सैन्टोसको खाता ब्लक गर्न, उनीमाथि प्रतिबन्ध लगाउन र उनको डेटा उपलब्ध गराउन आदेश दिएका थिए । एक्सले आदेशको पालना गरेर खाता त ब्लक गर्यो, तर डेटा सङ्कलन नगरिएको र प्रयोगकर्ताको ब्राजिलसँग कुनै प्राविधिक सम्बन्ध नभएकोले अआफूसँग उनको डेटा नभएको दाबी गरेको थियो ।
तर न्यायाधीशले यो तर्कलाई अस्वीकार गरे । त्यसपछि, एक्सलाई डेटा दिन नसकेकोमा २०२४ को अगस्टसम्म दैनिक १ लाख ब्राजिलियन रीसिस (करिब १७ हजार ५०० अमेरिकी डलर) जरिवाना लगाइयो ।
अक्टोबरसम्ममा जरिवानाको आकार ८१ लाख रीसिस पुगेको थियो । सुरुमा एक्सले यो जरिवाना विरुद्ध अपील गरेको थियो । तर पछि अदालतलाई जरिवाना तिर्न कम्पनी इच्छुक भएको बतायो । बुधवारको आफ्नो फैसलामा, अदालतले कम्पनीलाई तुरुन्तै पूरा रकम तिर्न आदेश दिएको छ । अदालतले अनुरोध गरे अनुसार एक्सले डेटा दियो कि दिएन भन्ने चाहिँ अस्पष्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण