सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ विशेष प्रदर्शन गरिएको छ । आज २२ फेब्रुअरी शनिवार सिभिक थिएटरमा चलचित्र प्रदर्शन भएको हो ।
कार्यक्रममा आयोजक डी. बोइज ईन्टरटेनमेन्टका सञ्चालक जीएम ठकुरी, पूर्व महावाणिज्य दूत तथा समाजसेवी दीपक खड्का, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष मन केसी साथै मनोज अधिकारी र सिड्नी निवासी नेपालीहरूको तर्फबाट नेपाली चलचित्रको माध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै चलचित्रका निर्माता तथा कलाकार नबल खड्कालाई सम्मान समेत गरिएको थियो । चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले दर्शक प्रशंसा समेत गरेका छन् ।

चलचित्र अस्ट्रेलियाको अन्य स्थानमा थप शोहरू हुनेछ । अस्ट्रेलियामा चलचित्रले पाएको मायाप्रति निर्माता निर्देशक आभार व्यक्त गरेका छन् । चलचित्र काँडेतारको कार्यकारी निर्माता गायिका सत्यकला राई, निर्माता अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का रहेका छन् ।
चलचित्रमा नबल खड्का, सुरविना कार्की, रेविका गुरुङ, गौरव पहाडी, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा आदि कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशक नबल खड्काले नै गरेका हुन् । चलचित्र नेपालमा पुनः प्रदर्शनको तयारीमा रहेको निर्देशक खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण