भलिबल खेलाडी सूर्यलाई उपचार सहयोग प्रदान
आइतबार, ११ फागुन २०८१, १२ : ५८
काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले युवा खेलाडी सूर्य विकको उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । १९ वर्षीय सूर्य भलिबल खेलाडी हुन् ।
कोषका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सूर्यका दाजु सन्तोषलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । सदस्यसचिव घिसिङले सूर्यको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।
उदीयमान खेलाडी सूर्य विदेशमा प्रतियोगिता खेल्ने क्रममा घाइते भएका थिए । श्रीलंकाको कोलम्बोमा गत असोज १९ देखि २६ गतेसम्म भएको यू–१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने क्रममा उनी घाइते भएको कोषका सदस्यसचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण