अक्सनपछि टोलीहरुको अवस्था र सबैभन्दा महँगा आठ खेलाडी
काठमाडौँ । फुटबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को आगामी संस्करणका लागि अक्सन (खेलाडी खरिद–बिक्री) प्रकृया पुरा भइसकेको छ । अक्सनमा आठजना खेलाडी सबैभन्दा महँगो रकममा बिक्री भएका छन् ।
आगामी एनएसएलमा सात टोलीको सहभागिता रहने छ । अक्सनमा विभिन्न क्लबले आठजना खेलाडीका लागि सर्वाधिक चार–चार लाख रुपैयाँ खर्चिएका हुन् ।
सबैभन्दा महँगोमा बिक्री हुने आठ खेलाडी अभिषेक लिम्बु, सुमित श्रेष्ठ, पासङ लामा, आषिश गुरुङ, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, मणिकुमार लामा र सन्तोष खत्री हुन् ।
चितवन फुटबल क्लबले अभिषेक लिम्बु र सुमित श्रेष्ठलाई चार–लाख रुपैयाँमा खरिद गरेको हो । धनगढी फुटबल क्लबले पासाङ लामाका लागि सर्वाधिक चार लाख रुपैयाँ खर्च गर्यो ।
_mnqOSRlwtK.jpg)
यसैगरी, झापा फुटबल क्लबले आषिश गुरुङलाई चार लाख रुपैयाँमा खरिद गर्यो । काठमाडौँ रेजर्स फुटबल क्लबले पनि दुई खेलाडीका लागि सर्वाधिक चार–चार लाख रुपैयाँ खर्चियो ।
काठमाडौँ रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जंग कार्कीलाई चार–चार लाखमा भित्राएको हो । ललितपुर सिटी फुटबल क्लबले पनि दुई खेलाडीका लागि चार–चार लाख रुपैयाँ खर्चियो ।
साविक विजेता समेत रहेको ललितपुर सिटीले मणिकुमार लामा र सन्तोष खत्रीलाई चार–चार लाख रुपैयाँमा खरिद गरेको हो । चार लाख रुपैयाँमा बिक्री हुने सबै खेलाडी ‘ए’ श्रेणीका हुन् ।
अक्सनमा चार–चार लाख रुपैयाँमा बिक्री भएका अधिकांश खेलाडीलाई एकभन्दा बढी क्लबले बोली लगाएका थिए । ‘ए’ श्रेणीमा रहेका खेलाडीको न्युनतम मूल्य दुई लाख र अधिकतम मूल्य चार लाख रुपैयाँ निर्धारण गरिएको थियो ।
‘ए’ श्रेणीमा रहेका तीनजना खलाडी भरत खवास, विशाल सुनार र विकेश कुथुलाई भने कुनै पनि क्लबले खरिद गरेनन् । श्रेणी ‘बी’ मा रहेका नवयुग श्रेष्ठलाई पनि कुनै क्लबले खरिद गरेनन् ।
‘ए’ श्रेणीबाट विवेक पौडेल तीन लाख रुपैयाँमा बिक्री भए । उनलाई साविक उपविजेता धनगढी एफसीले खरिद गरेको हो । ‘ए’ श्रेणीमै रहेका प्रदिप लामा, दीप कार्की र सुरजसिंह ठकुरी दुई–दुई लाख रुपैयाँमा बिक्री भए ।
सुरजसिंह ठकुरीलाई पोखरा थन्डर्स फुटबल क्लबले खरिद गरेको हो । प्रदिप लामा र दीप कार्कीलाई भने बुटवल लुम्बिनी फुटबल क्लबले खरिद गरेको हो । बुटवल लुम्बिनी र पोखरा थन्डर्स एफसीले कुनै पनि खेलाडीका लागि चार लाख रुपैयाँ खर्चिएनन् ।
यसैगरी, अक्सनमा ‘बी’ श्रेणीमा रहेका ४५ मध्ये ३२ जना खेलाडी बिक्री भए । ‘बी’ श्रेणीमा रहेका खेलाडीको लागि आधारभूत मूल्य एक लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको थियो ।
बुटवल लुम्बिनी एफसीले ‘बी’ श्रेणीका विमल पाण्डे र टिकेन्द्रसिंह थापाका लागि दुई–दुई लाख रुपैयाँ खर्चियो । यी दुबै खेलाडीका लागि अन्य क्लबले पनि बोली लगाएपछि लक्की ड्रमार्फत बुटवल लुम्बिनी एफसीले बाजी मारेको हो ।
चीनवन एफसीले पनि ‘बी’ श्रेणीका खेलाडी मिलन राई र सिशिर लेखीका लागि दुई–दुई लाख रुपैयाँ खर्चियो । चितवन एफसीले पनि यी दुई खेलाडीलाई लक्की ड्रमार्फत हात पारेको हो ।
यसैगरी, झापा एफसीले ‘बी’ श्रेणीका दिपेश धिमाल, अञ्जल श्रेष्ठ र दिपेन्द्र बीकेलाई लक्की ड्रमार्फत दुई–दुई लाख रुपैयाँमा भित्रायो । काठमाडौँ रेजर्सले आषिश चापागाई र अञ्जल महर्जनलाई लक्की ड्रमार्फत दुई–दुई लाख रुपैयाँमा भित्रायो ।
यसैगरी, ललितपुर सिटी एफसीले ‘बी’ श्रेणीका सुदिप गुरुङ, योगेश गुरुङ र नविन लामा र अभिषेक वाइवालाई दुई–दुई लाख रुपैयाँमा खरिद गर्यो । ललितपुर सिटीले नविन लामावाहेक अन्य तीन खेलाडी लक्की ड्रमार्फत भित्राएको हो ।
यसैगरी, पोखरा थन्डर्सले ‘बी’ श्रेणीका विशाल तामाङ, कृषल मोक्तान र एकराज बुढाथोकीलाई दुई–दुई लाख रुपैयाँमा खरिद गर्यो । अन्य क्लबले पनि बोली लगाएकाले यी तीनैजना खेलाडी लक्की ड्रमार्फत पोखरा थन्डर्समा पुगेका हुन् ।
_A4ZalTsR2B.jpg)
खेलाडी खरिद–बिक्रीका लागि प्रत्येक टोलीले अधिकतम २२ लाख रुपैयाँ खर्च गर्न पाउने गरी सिमा निर्धारण गरिएको थियो । त्यसमध्ये ललितपुर सिटीले आफूसँग भएको सबै रकम रित्याएको छ । ललितपुर सिटीले तोकिएको सिमाभन्दा २५ हजार रुपैयाँ खर्चि गरेको छ ।
यसैगरी, चितवन एफसी र काठमाडौँ रेजर्सले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । यी दुबै क्लबसँग अब ५० हजार रुपैयाँमात्र बाँकी छ । बुटवल लुम्बिनी एफसीले १७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । बुटबल लुम्बिनी एफसीसँग चार लाख ५० हजार रुपैयाँ बाँकी छ ।
यसैगरी, धनगढी एफसीले १९ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । धनगढी एफसीसँग दुई लाख १० हजार रुपैयाँ बाँकी छ । झापा एफसीले १९ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
झापा एफसीसँग दुई लाख ५० हजार रुपैयाँ बाँकी छ । पोखरा थन्डर्सले १७ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । पोखरा थन्डर्ससँग अब चार लाख २५ हजार रुपैयाँ बाँकी छ । एनएसएलको तेस्रो संस्करणका लागि अब ‘सी’ श्रेणीको ड्राफ्ट हुनेछ । एनएसएल आगामी चैत १६ गतेदेखि सुरु हुनेछ ।
अक्सनपछि टोलीहरुको अवस्था
_KfYPurOefn.jpg)
- क्लब : बुटवल लुम्बिनी फुटबल क्लब
मार्की खेलाडी : मनिष डाँगी
रिटेन गरिएका खेलाडी : एरिक विष्ट (ए श्रेणी), निराजन धामी (बी श्रेणी) र सरोज तामाङ (बी श्रेणी) ।
अक्सनबाट खरिद गरिएका खेलाडी : प्रदिप लामा (ए श्रेणी), दीप कार्की (ए श्रेणी), फत्तेमान घले (बी श्रेणी), विमल पाण्डे (बी श्रेणी), टिकेन्द्रसिंह थापा (बी श्रेणी) र सन्दीप कार्की (बी श्रेणी) ।
कुल खर्च : १७ लाख ५० हजार रुपैयाँ ।
बाँकी रकम : ४ लाख ५० हजार रुपैयाँ ।
- क्लब : चितवन फुटबल क्लब
मार्की खेलाडी : अञ्जन बिष्ट
रिटेन गरिएका खेलाडी : विशाल श्रेष्ठ (ए श्रेणी), छिरिङ गुरुङ (बी श्रेणी) र रोशन रानामगर (बी श्रेणी) ।
अक्सनबाट खरिद गरिएका खेलाडी : अभिषेक लिम्बु (ए श्रेणी), सुमित श्रेष्ठ (ए श्रेणी), मिलन राई (बी श्रेणी), सिशिर लेखी (बी श्रेणी), जय गुरुङ (बी श्रेणी) र निरज चौधरी (बी श्रेणी) ।
कुल खर्च : २१ लाख ५० हजार रुपैयाँ ।
बाँकी रकम : ५० हजार रुपैयाँ ।
- क्लब : धनगढी फुटबल क्लब
मार्की खेलाडी : कृतिशरत्न छुन्जु
रिटेन गरिएका खेलाडी : देवेन्द्र तामाङ (ए श्रेणी), रनदिप पौडेल (बी श्रेणी) र रामचन्द्र वाजी (ए श्रेणी) ।
अक्सनबाट खरिद गरिएका खेलाडी : पासाङ लामा (ए श्रेणी), विवेक पौडेल (ए श्रेणी), जर्ज प्रिन्स कार्की (बी श्रेणी), प्रशान्त लक्सम (बी श्रेणी), अशोक खवास (बी श्रेणी) र जियारथ शेख (बी श्रेणी) ।
कुल खर्च : १९ लाख ९० हजार रुपैयाँ ।
बाँकी रकम : २ लाख १० हजार रुपैयाँ ।
_gvUO8ohQwL.jpg)
- क्लब : झापा फुटबल क्लब
मार्की खेलाडी : लाकेन लिम्बु
रिटेन गरिएका खेलाडी : छिरिङ लामा (ए श्रेणी) ।
अक्सनबाट खरिद गरिएका खेलाडी :आशिष गुरुङ (ए श्रेणी), अभिनाष स्याङ्तान (बी श्रेणी), दिपेश धिमाल (बी श्रेणी), अन्जल श्रेष्ठ (बी श्रेणी), रोशन पहारी (बी श्रेणी), दिपेन्द्र विक (बी श्रेणी) र उज्वल राई (बी श्रेणी) ।
कुल खर्च : १९ लाख ५० हजार रुपैयाँ ।
बाँकी रकम : २ लाख ५० हजार रुपैयाँ ।
_B5zwCHnM4y.jpg)
- क्लब : काठमाडौँ रेजर्स फुटबल क्लब
मार्की खेलाडी : रोहन कार्की
रिटेन गरिएका खेलाडी : दिपेश गुरुङ (ए श्रेणी), कुलदिप कार्की (बी श्रेणी) र अभिषेक बराल (ए श्रेणी) ।
अक्सनबाट खरिद गरिएका खेलाडी : दिनेश हेन्जन (ए श्रेणी), जिलेस्पी जंग कार्की (ए श्रेणी), आषिश चापागाईँ (बी श्रेणी), कमल श्रेष्ठ (बी श्रेणी), दिवाकर चौधरी (बी श्रेणी) र अन्जल महर्जन (बी श्रेणी) ।
कुल खर्च : २१ लाख ५० हजार रुपैयाँ ।
बाँकी रकम : ५० हजार रुपैयाँ ।
_thxZP6XCOK.jpg)
- क्लब : ललितपुर सिटी फुटबल क्लब
मार्की खेलाडी : अनन्त तामाङ
रिटेन गरिएका खेलाडी : सनिश श्रेष्ठ (ए श्रेणी) र आदित्य शाक्य (बी श्रेणी) ।
_2nfIuBENCO.jpg)
अक्सनबाट खरिद गरिएका खेलाडी : मणिकुमार लामा (ए श्रेणी), सन्तोष खत्री (ए श्रेणी), सुदिप गुरुङ (बी श्रेणी), योगेश गुरुङ (बी श्रेणी), नविन लामा (बी श्रेणी), अभिषेक वाइवा (बी श्रेणी) र समित श्रेष्ठ (बी श्रेणी) ।
कुल खर्च : २२ लाख २५ हजार रुपैयाँ ।
बाँकी रकम : २५ हजार रुपैया अतिरिक्त खर्च ।
_RcR9jhM1Lu.jpg)
- क्लब : पोखरा थन्डर्स फुटबल क्लब
मार्की खेलाडी : समिर तामाङ
रिटेन गरिएका खेलाडी : आयुष घलान (ए श्रेणी) र पदम भट्टराई (बी श्रेणी) ।
अक्सनबाट खरिद गरिएका खेलाडी : सुरजसिंह ठकुरी (ए श्रेणी), राम थापा (बी श्रेणी), चन्दन दास (बी श्रेणी), विशाल तामाङ (बी श्रेणी), कृशल मोक्तान (बी श्रेणी) र एकराज बुढाथोकी (बी श्रेणी) ।
कुल खर्च : १७ लाख ७५ हजार रुपैयाँ ।
बाँकी रकम : ४ लाख २५ हजार रुपैयाँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण